• आइतबार, साउन २४ २०८३

आज देशभरका अदालतमा शोक बिदा


बिहिबार, फाल्गुन २० २०७७
730
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ।

सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले उक्त निर्णय गरेको हो।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो।

सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मेका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त भएको थियो।

उनले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए।

संविधान र कानूनका क्षेत्रमा दख्खल राख्ने निर्भिक, अत्यन्त मिलनसार स्वभावका सिंह न्याय र कानूनका क्षेत्रमा आदर्श व्यक्तित्व थिए।

उनको निधनले देशले एउटा सच्चा न्यायप्रेमी गुमाएको सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार