• बिहिबार, असोज १५ २०८३

३३९९ मा पिसिआर गर्दा ६७ लाई कोरोना, ६२ जना निको भए


बुधबार, फाल्गुन १९ २०७७
740
Shares

काठमाडौं । नेपालमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३३९९ नमूना परीक्षण गर्दा ६७ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ३ सय ६१ पुगेको छ।

पछिल्लो २४ घन्टामा ६२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६०५ पुगेको छ।

निको हुने दर ९८. ६ प्रतिशत पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार