गोरखा । गोरखा जिल्लाको बारपाक सुलिकोट गाउॅपालिका वडा नं ६ ताकुकोट भालेढुङ्गामा आज (फाल्गुन १९ गते) देखि राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुदैँ छ ।

श्री लालीगुरॅास युवा जागरण क्लवको आयोजना सुरु हुन लागेको भएको सहिद इन्द्रा थापा स्मृती कप २०७७ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ५०,०७७ को साथमा कप, गोल्डेन मेडल तथा प्रमाणपत्र रहेको छ ।

यसैगरी द्वितीय पुरस्कार नगद रु २५,०७७ को साथमा कप, सिल्भर मेडल तथा प्रमाणपत्र रहेको छ । प्रतियोगिता एफ.आइ.भि.बी को नियम अनुसार खेलाईने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताको समापन समारोहको अवसरमा बारपाक सुलिकोटका प्रा.बि, नि.मा.बि र मा.बि स्तरिय बेलुन फुटाई , लेखन दौड, नक्सा दौड, मेमोरी गेम, ज्याब्लिङथ्रो, सटपुट खेलहरु पनि खेलाईनेछ।

फागुन १९ देखि २२ गते सम्म चल्ने प्रतियोगितामा सॅास्कृतिक ,मनोरन्जनात्मक प्रस्तुति साथै रोमान्चक परम्परागत खेलहरु समेत हुने आयोजकले जनाएको छ ।

