• शनिबार, साउन २३ २०८३

पोखरीमा डुबेर एक महिलाको मृत्यु


बुधबार, फाल्गुन १९ २०७७
875
Shares

काठमाडौं । पोखरीमा डुबेर भक्तपुरको महालक्ष्मीमा एक महिलाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–६ महालक्ष्मी बस्ने ५५ वर्षीया मैया सुवालको सोही ठाउँमा रहेको ख्यौ पुकुचा पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको हो ।

पानीमा डुबिरहेको अवस्थामा फेला पारी सुवाललाई तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार