• शनिबार, साउन २३ २०८३

जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु


बुधबार, फाल्गुन १९ २०७७
480
Shares

काठमाडौं । ललितपुरको नख्खुमा जीपले ठक्कर दिँदा क्याम्पस जाँदै गरेकी एक जना छात्राको मृत्यु भएको छ।

बुधबार बिहान पौने ६ बजे स १ ज ५६७ नम्बरको जीपले ठक्कर दिँदा १९ वर्षीया छात्रा अञ्जु दाहालको मृत्यु भएको हो।

प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोलमा डेरामा बस्दै आएकी १९ वर्षीया अञ्जु दाहाल कोटेश्वरको मल्टिपल क्याम्पसमा अध्ययनरत थिइन्।

जिपको ठक्करबाट गम्भीर घाइते दाहालको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो।

सडक पार गर्ने क्रममा उनलाई जिपले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। घटनापछि जिप चालकलाई प्रहरीले पक्राउ गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार