• शनिबार, साउन २३ २०८३

मेयर्स कप क्रिकेटः उद्घाटन खेलमै विभागीय टोलीले प्रतिस्पर्धा गर्ने


मंगलबार, फाल्गुन १८ २०७७
820
Shares

काठमाडौं । मेयर्स कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमै विभागीय टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ।

पहिलो दिन कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने विभागीय डर्बी खेलमा त्रिभुवन आर्मी क्लव र नेपाल एपीएफ क्लब खेल्नेछन्।

सोही दिन मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र वाग्मती प्रदेश खेल्नेछन्।

दोस्रो दिन त्रिवि क्रिकेट मैदानमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब तथा मूलपानी मैदानमा काठमाडौं मेयर्स ११ र वाग्मती प्रदेश खेल्नेछन्।

प्रतियोगिताको तेस्रो र पाँचौँ दिन एक खेल मात्रै हुनेछ। प्रतियोगितामा सहभागी ५ टोलीमध्ये दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्।

आगामी फागुन २२ देखि २९ गतेसम्म हुने प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलिष्ट टोली र काठमाडौ मेयर्स ११ का टोली सहभागी हुनेछन्।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, नेपाल एपीएफ क्लव, नेपाल पुलिस क्लव, वाग्मती प्रदेश र काठमाडौ मेयर्स ११ सहभागी हुनेछन्। फाइनल खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार