• शनिबार, साउन २३ २०८३

अब २०७८ सालको शैक्षिक सत्र १० महिना मात्र


मंगलबार, फाल्गुन १८ २०७७
675
Shares

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७८ सालको शैक्षिक सत्र असार १ गतेदेखि सुरु हुने बताएको छ । दुई महिना ढिलो गरी सुरु भए पनि शैक्षिक सत्र भने चैत मसान्तमै सम्पन्न गर्नुपर्ने केन्द्रको भनाइ छ ।

कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र सक्ने निर्णयमा सरकार पुगेको केन्द्रका सूचना अधिकारी माधव प्रसाद दाहालले बताएका छन्।

यसको कार्यान्वयन स्थानीय तहमार्फत विद्यालयले गर्ने र शैक्षिक सत्र कसरी पूरा गर्ने भन्ने विस्तृत योजना असार १ गतेअघि नै सार्वजनिक गरिने उहाँले जानकारी दिए ।

पाठ्यक्रमलाई केही घटाएर चैतभित्र पठनपाठन पूरा गर्ने सरकारी योजना छ । कोरोनाका कारण बिग्रेको शैक्षिक सत्रको मिलान २०७९ सालभित्रमा गरिने र त्यसपछि शैक्षिक सत्र नियमित रूपमा अघि बढ्ने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार