• शनिबार, साउन २३ २०८३

दोभान बजारमा भीषण आगलागीः ४० घर जलेर नष्ट


मंगलबार, फाल्गुन १८ २०७७
610
Shares

काठमाडौं । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ ।

आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए । आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताए । उनका अनुसार स्थानीयले चालीस घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ ।

आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार पुग्न गाडीमा करिब एक घण्टा लाग्छ ।

बजारमा काठले बनेका कच्ची घरहरु धेरै छन् । बाटो पनि साँघुरो छ । दोभान बजारमा एक सय जति घरहरु रहेको स्थानीय बताउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार