• शनिबार, साउन २३ २०८३

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु


मंगलबार, फाल्गुन १८ २०७७
620
Shares

मोटरसाइकलको ठक्करले दाङको घोराहीमा एक छात्राको मृत्यु भएको छ।

सोमबार विद्यालयबाट घर फर्कंदै गरेकी घोराही उपमहानगर वडा नम्बर १७ नवरपुरकी १५ वर्षीया छात्रा अम्बिका आचार्यको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।

आचार्यलाई रा ४ प ४७६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।

घाइते आचार्यलाई अस्पताल लैजाँदै गर्दा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उरीक्षक मुकुन्दप्रसाद रिजालले बताए।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार