• शनिबार, साउन २३ २०८३

सुरक्षित आप्रवासनका बारे गोरखामा प्रहरीसंग अन्तरकृया


मंगलबार, फाल्गुन १८ २०७७
805
Shares

गोरखा । सुरक्षित आप्रवासका बारे प्रहरीसंग एक दिने अन्तरकृया सम्पन्न भएको छ । एकिकरण नेपालको आयोजनामा सदरमुकाममा भएको अन्तरकृया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वैदेशिक रोजगारी, ठगि, समस्या, चुनौती, प्राप्त उजुरी तथा कानूनी ब्यवस्थाका बारे छलफल भएको थियो । हेल्भेटासको प्राबिधिक सहयोग तथा गोरखा नगरपालिकाको आर्थिक सहयाेग र एकिकरण नेपालकाे समन्वयमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सामी परियोजना र यसका क्षेत्रहरुका बारे परियोजनाका गण्डकी प्रदेश संयोजक भागीराम चौधरीले सहभागीलाई जानकारी गराएका थिए । त्यस्तै परियोजनाले जिल्लामा सञ्चालन गरिरहेका गतिविधी र यसले पारेको प्रभावका बारे एकिकरण नेपालका कार्यकारी निर्देशक हरी देवकोटाले जानकारी गराए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बैदेशिक रोजगार ऐन, रोजगारी सम्बन्धि ठगी यसमा जिल्ला प्रशासन कार्यालय र प्रजिअको भुमिकाका बारे सहभागीहरुलाई अभिमुखिकरण गराएका थिए ।

त्यस्तै बैदेशिक रोजगारी सम्बन्धि ठगी, कारबाहीको अवस्था, रोकथामका लागि भएका प्रयास र प्रहरीको भुमिकाका बारे प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले सहजीकरण गरेका थिए । जिल्लामा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिद लखन र बारपाक सुलिकोट गाउँपालिकामा यो परियोजना सञ्चालनमा रहेको बताइएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय गोरखाबाट समेत परियोजनाले वैदेशिक रोजगारीमा जान चाहनेलाई परामर्श लगायतका सेवा दिदै आएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार