• बिहिबार, असोज १५ २०८३

अमिताभ बच्चनको अप्रेसन सम्पन्न


सोमबार, फाल्गुन १७ २०७७
820
Shares

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चनले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो अप्रेसन हुँदै छ भन्ने जानकारी दिएपछि उनका प्रशंसकमा ठूलो चिन्ता छाएको थियो।

किनकि उनले सर्जरी हुँदै छ भन्ने मात्र जानकारी दिएका थिए, तर केको कहिले भन्ने बताएका थिएनन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार अभिनेता बच्चनको सर्जरी सम्पन्न भएको छ। वास्तवमा उनको आँखा (मोतियाबिन्दु) को अप्रेसन गरिएको रहेछ !

भारतीय पत्रिका बलिउड हंगामाका अनुसार अभिनेता बच्चनका नजिकका साथीले भनेका छन्, ‘कुनै चिन्ता गर्नुपर्ने विषय होइन, उहाँको मोतियाबिन्दुको सर्जरी गरिएको हो।’

उनले अमिताभ अब २४ घण्टाभित्र घर फर्किने सम्भावना रहेको पनि बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार