• शनिबार, साउन २३ २०८३

कुकुरको टोकाइबाट १२ वर्षीय बालिकाको मृत्यु


सोमबार, फाल्गुन १७ २०७७
615
Shares

काठमाडौं । कुकुरको टोकाइबाट धनुषामा एक बालिकाको मृत्यु भएको छ ।

गएराति जिल्लाको जनकपुरधाम उपमहानगरपालिका—१ दरजी टोल निवासी मोहम्मद अख्तरको १२ वर्षीय छोरी सिमरन खातुनको कुकुरको टोकाइबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रका अनुसार राति शौचालय जाने क्रममा कुकुरले शरीरको विभिन्न भागमा टोकेको थियो ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको उनले बताए । उनकाअनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार