गोरखा । गोरखामा १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ८७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ४ फुजेलको सिमलखण्डका केदार प्रसाद देवकोटालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले सोधखोज गर्दा गोठालो गएका बेला आफु वृद्ध देवकोटाबाट बलात्कृत हुने गरेको पिडित बालिकाले बताएकी छिन् ।

घटना फागुन १५ गते भएको हो । फागुन १६ गते परिवारले प्रहरीमा दर्ता गराएको जाहेरी अनुसार देवकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ । देवकोटाविरुद्ध म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी १४ बर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा आरुघाट गाउँपालिका वडा नं. ६ आरुआर्बाङका २६ वर्षीय काशिराम सुनार पक्राउ परेका छन् ।

सुनारले गोरखा नगरपालिकाकी १४ बर्षकी बालिकालाई मामाको घर लगिदिने भन्दै मामाको घरमा नलगी आफ्नै घरमा राखेर बलात्कार गर्ने गरेको प्रहरीसमक्ष उनका परिवारले बयान दिएका छन् ।
आरोपी सुनारलाई प्रहरीले शनिवार पक्राउ गरी आईतवार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको एसपी सुरेन्द्र गुरुङले बताए ।


लामो समयसम्म बालिका परिवारको सम्पर्कमा नरहेपछि खोजी गर्दा सुनारको घरमा भेटेको बताएका छन् ।
घटनाका आरोपी दुवैजनालाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।