• शनिबार, साउन २३ २०८३

युटुबमा पल शाह अभिनित गीत ‘टाढा भएपनि’ले राख्यो नयाँ रेकर्ड (भिडियो)


सोमबार, फाल्गुन १७ २०७७
755
Shares

काठमाडौं । अभिनेता पल शाह पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त छन्।

नेपालमा म्युजिक भिडियोका लागि उनको बिकल्पमा तत्काल कोही देखिएका छैनन्।

‘टाढा भए पनि’ बोलको गीत पल अभिनित पछिल्लो चर्चित गीत हो। यस गीतले १५ दिनभित्रै एक करोड भ्युज प्राप्त गरेको छ।

यो गीतमा गायिका अस्मिता अधिकारी र गायक उर्गेन दोङको आवाज छ भने पललाई अभिनयमा मोडेल मलिका महतले साथ दिएकी छिन्।

नेपालमा सबैभन्दा छोटो समयमा एक करोड भ्युज पाउने गीतमध्ये एक गीत ‘टाढा भए पनि’ बन्न पुगेको हो।

यसअघि पल र मलिका अभिनित ‘फुल बुट्टे सारी’ले १८ दिनमा एक करोड भ्युज पाएको थियो।

त्यसअघि १८ दिनमै १ करोड भ्युज पाउने गीत प्रकाश सपुतको ‘गलबन्दी’ थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार