• शनिबार, साउन २३ २०८३

प्रज्वलको ‘यो माया नै हो’(भिडियो)


सोमबार, फाल्गुन १७ २०७७
790
Shares


काठमाडौं । गायक प्रज्वल श्रेष्ठको स्वर ‘यो माया नै हो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द, संगीत समेत प्रज्वल श्रेष्ठकै छ ।

प्रेमकथा समेत बुनिएको गीतको भिडियोमा स्वेता मिश्रा र सिमरन शाक्यको अभिनय छ । अनिल मानन्धरको छायांकन, रोहेल बज्रचार्यको सम्पादन रहेको भिडियोलाई मणीले निर्देशन गरेका हुन् ।

युवाबर्गलाई लक्षित गरेर तयार पारिएको यो गीत मार्फत सुपरस्टार इन्टरटेनमेन्ट सांगीतिक क्षेत्रमा फेरि फर्किएको हो ।

सुपरस्टार यमबुद्ध, जिएक्स सोल, सिओडीलगायत नयाँ प्रस्तुती लिएर ‘आगमन’ एल्बमका साथ श्रोतामाझ आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार