काठमाडौं । आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बढेर प्रतितोला ८८ हजार ७ सय रुपैयाँ पुगेको छ।
त्यस्तै आज तेजाबी सुन पनि बढेर ८८ हजार २ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ।
चाँदीको मूल्य पनि आज प्रतितोला पाँच रुपैयाँले बढेको छ। संघका अनुसार आज चाँदी तोलामा १३ सय ३० रुपैयाँमा कारोबार भएको हो।