• शनिबार, साउन २३ २०८३

गाईजात्राको दिन देशभर बिदा दिनु पर्ने गोरखाका नेवार समुदायको माग


सोमबार, फाल्गुन १७ २०७७
560
Shares

गोरखा । गाइजात्राको दिन सार्वजानिक विदा दिनु पर्ने आवाज उठेको छ । नेवाः देय दवु जिल्ला समिति गोरखाले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै उक्त कुराको माग गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत गृहमन्त्रालयमा बुझाइएको ज्ञापनपत्रमा सरकारले गाइजात्राको अबसरमा देशभर सार्वजानिक बिदा नदिएर नेवार समुदायको उपेक्षा गरेको आरोप लगाइएको छ ।

सरकारले गाईजात्राको अवसरमा राजधानीमा मात्र बिदा दिने गरेको तर उक्त पर्व राष्ट्रिय पर्व भएकाले देशभर बिदा दिनुपर्ने माग गरिएको नेवाः देय दवुका जिल्ला अध्यक्ष देवीप्रसाद श्रेष्ठले बताए ।

गाईजात्रा नेवारहरुको मात्र नभई आम नेपालीको चाड भएकाले गाईजात्रालाई राष्ट्रिय पर्व घोषणा गर्न पनि माग गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार