• बिहिबार, असोज १५ २०८३

नालाको पानीमा डुबेर १६ महिने बालकको मृत्यु


आइतबार, फाल्गुन १६ २०७७
915
Shares

नालाको पानीमा डुबेर बारामा एक बालकको मृत्यु भएको छ।

जिल्लाको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरका विनय साह सोनारका १६ महिनाका छोरा आयुष साह सोनार घर नजिकै रहेको नालाको पानीमा डुब्दा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवका अनुसार नालाको पानीमा डुुबेर बेहोस भएका आयुषलाई नजिकै रहेको वयोधा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

बालकको शव पोष्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएको प्रहरी निरीक्षक यादवले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार