काठमाडौं । नेपाली बजारमा साताको सुरू दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ५ सय रूपैयाँ घटेर ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो।
यसअघि शुक्रबार छापावाल सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ८७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ।
यस्तै आइतबार चाँदीको मूल्य पनि सामान्य घटेको छ। शुक्रबार तोलामा १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।