• शनिबार, साउन २३ २०८३

ध्रुव र एलिनाले ल्याए ‘फुर्के रिवन भर्सेस कर्ली कपाल’(भिडियो)


आइतबार, फाल्गुन १६ २०७७
725
Shares

काठमाडौं । कलाकार ध्रुव बिस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालको स्वर रहेको गीत ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको गीतमा ध्रुवकै संगीत रहेको छ ।

गीतको भिडियो ‘सेभेन ११ म्युजिक फ्याक्ट्री’ले निर्माण गरेको हो । जसमा पुष्प खड्का, सुधिर श्रेष्ठ, समारिका र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । भिडियोमा दिनेश डिसी, गौरी मल्ल र आनन्द कार्की समेत अतिथि भूमिकामा देखिएका छन् ।

लोक लयमा तयार गीतको भिडियो ब्याटल शैलीमा तयार गरिएको छ । दुई टिमबीच भएको गायन तथा नृत्यको ब्याटललाई भिडियोमा उतारिएको छ ।

माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको छायाँकन, शिलन लम्सालको सम्पादन छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार