• मंगलबार, साउन १२ २०८३

शहिद लखनका ५५७ महिलाको पाठेघर परीक्षण


आइतबार, फाल्गुन १६ २०७७
915
Shares

गोरखा । शहिद लखन गाउँपालिकामा महिलाहरुको पाठेघर परीक्षण गरिएको छ । ५ दिनसम्म चलेको शिविरमा ५ सय ५७ जना महिलाको स्वास्थ्य जाँच गरिएको हो ।

ती मध्ये ३ जनामा पाठेघरको क्यान्सरसँग मिल्दोजुल्दो लक्षण देखिएपछि थप उपचारका लागि भरतपूर क्यान्सर अस्पताल जाने सल्लाह दिइएको छ । २ सय २७ जनाको पाठघरमा संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।

४ जना महिलामा आङ्ग खस्ने रोगको पहिलो चरणको समस्या देखिएको छ । १५ जनामा दोश्रो र ९ जनामा तेश्रो चरणमा समस्या देखिएको उनले बताए । २० जनामा भिइआइ पोजेटिभ देखिएको छ । उक्त समस्या निराकरण गर्नको लागि थर्मोकोबुलेसन विधिद्धारा उपचार गरिएको छ । यो प्रविधीले १० वर्षपछि सम्म हुने क्यान्सरलाई निराकरण गर्ने स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

१४ गते सम्म चलेको शिविर अन्र्तगत बुंकोट स्वास्थ्य चौकी, ताक्लुङ स्वास्थ्य चौकी, मनकामना आधारभूत स्वास्थ्य केन्द्रमा र मास्किछापको आरसिसी भिलेजमा शिविर गरिएको थियो । प्राप्त तथ्याङ्कको विश्लेषण गरी आगामी वर्ष अन्य वडामा शिविर गर्ने उक्त गाउँपालिको तयारी छ ।

रोटरी क्लव अफ गोरखा र रोट्याक्ट क्लब अफ गोरखाको आयोजना र नेपाल अष्टे«लियन सर्भाकल क्यान्सर फाउण्डेस बनेपा एनएसिसीको प्राविधिक सहयोगमा र गाउँपालिकाको समन्वयमा शिविर सम्पन्न गरिएको श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार