• शनिबार, साउन २३ २०८३

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, युवती घाइते


आइतबार, फाल्गुन १६ २०७७
580
Shares

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका—२ बुल्दी पुल नजिक शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजना युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् ।

मृत्यु हुनेमा व्यास—२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घाइते छन् ।

दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका विवेकको टाउकोमा चोट लागेको थियो । विवेकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझदेखि पानी परेकाले सडक चिप्लो हुँदा मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार