• मंगलबार, साउन १२ २०८३

आयुर्वेद स्वास्थ्य शिविरमा ३ सय २४ को परिक्षण


आइतबार, फाल्गुन १६ २०७७
800
Shares

गोरखा । गोरखा सदरमुकाममा भएको निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ३ सय २४ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

गोरखा नगरपालिका आयुर्वेद शाखा शाखाको आयोजनामा वडा नम्बर ८ को तल्लो बराह स्थित फुलबारी पाठशालाको परिसरमा भएको शिविरमा २ सय ३४ महिला र ९० पुरुष गरी ३ सय २४ जनाले सेवा लिएका हुन ।

शिविरमा नरदेवी आयुर्वेद चिकित्सालय काठमाण्डौले प्राविधिक सहयोग गरेको थियो । शिविरमा पायल्स फिस्टुलाका ६५ जना बिरामी, स्त्री रोगका ६०, बादब्याधीका ९५ र अन्य समस्या भएका १ सय ४ जना बिरामीले निशुल्क स्वास्थ्य परिक्षण गराएको आयुर्वेद शाखा प्रमुख जिवन कुमार श्रेष्ठले जानकारी दिए ।

शिविरमा नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशक डा प्रदिप केसीसहित ५ जना विशेषज्ञसहितको टोलीबाट परिक्षण गराइएको उनले बताए । शिविरमा स्वास्थ्य परिक्षण गराएका बिरामीलाइृ निशुल्क आयुर्वेदिक औषधी समेत वितरण गरिएको श्रेष्ठले बताए ।

वडा नम्बर ८ का वडाध्यक्ष कृष्णबहादुर खत्रीको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । शिविर शनिबार नै सकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार