
गोरखा । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ३ कन्टारमा रहेको जनज्योती प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको छ ।

लायन्स क्लव अफ आँबुखैरेनी सिटीको आयोजनामा शुभलक्ष्मी सुर्ती उद्योगका सुरेश पोखरेल र अर्बिन्द्र अग्रवालले विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् । कार्यक्रम शहिदलखन गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठको पहलमा भएकाे हाे ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बिच ४५ सेट स्कुल ब्याग, कापी, कलम लगायतका स्टेशनरी सहयोग गरिएको थियो ।
सोही अवसरमा लायन्स मुक्ति बरालले दुई जना जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक समेत हस्तान्तरण गरेका विद्यालयले जनाएको छ ।
कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठ, लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिब खनाल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण अर्याल, समाजसेवी भिमप्रसाद पोखरेल, नेविसंघका शहिदलखन गाउँपालिका इकाई अध्यक्ष अबिन श्रेष्ठ, लायन्स क्लवका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

