गोरखा । दुल्लभ क्याम्पस संचालक समितिको अध्यक्षमा पुनः टुकनाथ अधिकारी चयन भएका छन् । गोरखाको भिमसेन थापा गाउँपालिका घ्याम्पेशाल स्थित शनिबार सम्पन्न १३ औं साधारण सभा तथा चौथो अधिवेशनले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।

समुदायस्तरकै पहलमा सञ्चालित दुल्लभ क्याम्पस सञ्चालक समितिको उपाध्यक्षमा युवराज बस्ताकोटी चयन भएका छन् । । त्यस्तै अधिवेशनले सदस्यहरुमा नारायण प्रसाद भट्टराई, कुबिर पौडेल, कृष्ण गुरुङ, शिब प्रसाद भट्ट, कुल प्रसाद भट्ट, सुनिता अधिकारी, बासु भट्ट, ध्रुव भट्ट, कृष्ण बहादुर गुरुङ र खिला शर्मा भट्टराईलाई चयन गरेको क्याम्पस प्रमुख कमल प्रसाद भट्टले सिभिलखबरलाई बताए ।

सञ्चालक समितिका अध्यक्ष टुकनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष पाण्डेसहित गाउँपालिका उपाध्यक्ष विनु वाग्ले, बारपाक सुलिकाेट गाउँपालिका ८ का वडाध्यक्ष कृष्ण गुरुङ्ग, संस्कृत माबी तान्द्राङका प्रधानाध्यापक श्याम प्रसाद लामिछाने, विन्द्रावती मावि मसेलका प्रधानाध्यापक उत्तर नारायण श्रेष्ठ, भिमोदय क्याम्पस आरुघाटका प्रमुख डा. बिरेन्द्र पुडासैनी, दुल्लभ क्याम्पसका पूर्व प्रमुख गोविन्द भट्ट, गाउँपालिकाका सामाजिक शाखा प्रमुख नारायण भट्टराई, ब्यवस्थापन समिति सदस्य बासु भट्ट लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा क्याम्पसको बार्षिक प्रगति तथा गतिविधीका बारे क्याम्पस प्रमुख भट्टले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मसेल, देउराली, तान्द्राङ, धावा लगायतका नौ सयभन्दा बढी चन्दादाताको पहलमा २०६४ सालमा क्याम्पस स्थापना भएको थियो । हाल क्याम्पसलमा बिबिएस र बिएडका कार्यक्रम सञ्चालन गर्दै आएको प्रमुख भट्टले सिभिलखबरलाई बताए ।

