
गोरखा । हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोरखाले २८ औ स्थापना दिवस मनाएको छ ।
दिवशको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहकारी शिक्षा एबं अपाङ्गता हकअधिकार सम्बन्धी अन्र्तक्रिया गरिएको छ ।
सहकारीको आफ्नै भवन नयाँ बजार गोरखामा भएको कार्यक्रममा गोरखा नगरपालिका भित्र रहेका अपाङ्गता भएकाहरुलाई सहकारी शिक्षाको बारेमा जानकारी गराइएको थियो ।

उक्त अन्र्तक्रिया कार्यक्रमलाई हिमचुलि बचत तथा ऋण सहकारी संस्था लि गोरखामा अध्यक्ष रामबाबु श्रेष्ठले सहकारी र सहकारीले आपाङ्गता भएका व्यक्तिहरुलाई दिन सक्ने सेवा सुविधा लगायतका बिषयमा सहजिकरण गरेका थिए ।
त्यस्तै अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपालको संबिधानले व्यबस्था गरेको कानुनी अधिकारको विषयमा अधिवक्ता पवित्रा शर्माले जानकारी गराएकी थिइन ।

कार्यक्रम हिमचुली बचत तथा ऋण सहकारी संस्था लि.का कार्यसमिति सदस्य तथा शिक्षा उपसमितीका सदस्य अमृत बिकको अध्यक्षतामा सम्पन्न भएको थियो । संस्थाले प्रत्येक फागुन १५ गते स्थापना दिवस बनाउँदै आएको छ ।

