• शनिबार, साउन २३ २०८३

रुखबाट लडेर गोरखामा एकको मृत्यु


आइतबार, फाल्गुन १६ २०७७
905
Shares

गोरखा । रुखबाट लडेर शनिबार गोरखामा एक युवकको ज्यान गएको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ बारपाकका एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा २३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् । घर नजिकै बनमा गाईबस्तुका लागि भनेर घाँस काट्न रुखमा चढेका गुरुङ एक्कासी खस्दा घटनास्थलमै मृत्यू भएको स्थानीयले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार