• शनिबार, साउन २३ २०८३

गोरखामा एकैदिन सिडिओ, सहायक सिडिओ र एसपीको सरुवा


शुक्रबार, फाल्गुन १४ २०७७
1.6K
Shares

गोरखा । गोरखामा एकै दिन प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा भएको छ ।

७ महिनाअघि गोरखामा प्रमुख जिल्ला अधिकारीका रुपमा आएका तिर्थराज भट्टराईको महोत्तरी जिल्लामा सरुवा भएको हो । उनि महोत्तरीका सिडिओका रुपमा गोरखाबाट बिदा हुदैछन् ।

त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री पर्वत सरुवा भएकी हुन । उनि समेत पर्वतकी सिडिओ बनेर गोरखाबाट जादैछिन ।

यसैगरी शुक्रबार नै गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङको समेत सरुवा भएको छ । उनि समेत ९ महिना अघि नै गोरखा आएका थिए । उनको अपराध अनुसन्धान बिभाग सुरक्षा सेवा ब्यवस्थापन महाशाखामा सरुवा भएको हो ।

यसैगरी अब गोरखामा नयाँ सिडिओका रुपमा गृह मन्त्रालयमा कार्यरत शालिग्राम पौडेल आउने भएका छन् । यसैगरी जिल्ला प्रशासन कार्यालय बझाङबाट कमलराज भण्डारी सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा गोरखा आउदैछन् ।

त्यस्तै गोरखाका प्रहरी प्रमुखको रुपमा प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय काठमाण्डौँबाट एसपी शेखर खनाल गोरखाको प्रहरी प्रमुखको रुपमा आउने भएका छन् ।

गोरखामा सिडिओ, सहायक सिडिओ र प्रहरी प्रमुखको एकै दिन सरुवा भएको यो संभवत पहिलो पटक हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार