• शनिबार, साउन २३ २०८३

लाप्राकमा आगलागी, रामबहादुरको घर जलेर नष्ट


शुक्रबार, फाल्गुन १४ २०७७
580
Shares

गोरखा । गोरखाको लाप्राक स्थित एक घरमा आलगाली भएको छ ।

धार्चे गाउँपालिका ४ लाप्राकका रामबहादुर गुरुङको घरमा दिउँसो करिब ३ बजे एक्कासी आगलागी हुदा घर पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष राज गुरुङले सिभिलखबरलाई बताए ।

ढुंगामाटोले बनेको २ तले घर जलेर नष्ट भएको हो । २ बर्षअघिदेखि सो घर खाली रहेकाले घटनामा मानविय क्षती नभएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए ।

आगलागीबाट करिब ८/९ लाख बराबरको धनमाल क्षती भएको स्थानीयको भनाईलाई उद्दृत गर्दै एसपी गुरुङले बताए ।

आगलागीबाट घरमा रहेको भाँडाकुडा, काठ लगायतका सामाग्री जलेर नष्ट भएको बताइएको छ ।

घरमा लागेको आगो करिब डेढ घण्टापछि स्थायी प्रहरी युनिट लाप्राकबाट खटिएका प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा आएको थियो । तस्विर : तुले गुरुङ्ग/ लाप्राक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार