• बिहिबार, असोज १५ २०८३

थप ११२ जनामा कोरोना पष्टि, ४ को मृत्यु


शुक्रबार, फाल्गुन १४ २०७७
895
Shares

काठमाडौं । नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ११२ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ९ सय ८४ पुगेको छ।

पछिल्लो २४ घन्टामा ५४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार २ सय ७७ पुगेको छ।

त्यस्तै शुक्रबार कोरोना भाइरसको संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७१ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार