• बिहिबार, असोज १५ २०८३

दुई थान सुनको बालासहित एक महिला पक्राउ


शुक्रबार, फाल्गुन १४ २०७७
630
Shares

काठमाडौं । नेपाल एयरलाइन्सको उडानद्वारा बाहिरी मुलुकबाट काठमाडौं आएकी एक महिला दुई थान सुनको बालासहित पक्राउ परेकी छिन्।

विमानस्थलको अन्तर्राष्‍ट्रिय पार्किङ एरियामा काठमाडौंको थलि बस्ने पुस्पा तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई प्रारम्भिक अनुसन्धान तथा सोधपुछ गर्दा निजको आफन्त जेठाजु नाता पर्नेले बिगतमा समेत पटक पटक यसरी भन्सार छलि गरी पठाएको विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ।

बरामद धातुको बालासहित उनलाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचर पठाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार