• शनिबार, साउन २३ २०८३

गोरखामा किसानलाई कृषि सामग्री वितरण


शुक्रबार, फाल्गुन १४ २०७७
1.4K
Shares

गोरखा । गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ८ को कार्यालयले आफ्ना वडाभित्रका व्यवसायिक किसानहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ ।

बिहिबार वडा कार्यालयमा आयोजित एक समारोहका बीच वडाअध्यक्ष शंकर कँडेलले हाते टयक्टर, घाँस तथा पराल काट्ने उपकरण र प्लास्टिक टनेल वितरण गरेका हुन् ।

किसानको ३० प्रतिशत लागत साझेदारीमा चार कृषक समूहलाई हातेट्याक्टर, दुईवटा बाख्रा र्फमलाई घाँस तथा पराल काट्ने मेसिन (चाप कटर) र बेमौसमी तरकारी खेती गर्ने ३० जना व्यवसायिक किसानलाई प्लास्टिक टनेल वितरण गरिएको वडाअध्यक्ष कँडेलले बताए ।

हातेट्याक्टरमा किसानको ३० प्रतिशत र ७० प्रतिशत वडा कार्यालयको लागत साझेदारी रहेको छ । चाप कटर र प्लास्टिक टनेलमाचाहिँ किसानसँग २५ प्रतिशत र ७५ प्रतिशत वडा कार्यालयको लागत साझेदारी गरिएको थियो । कृषितर्फको चारलाख रुपैयाँको लागतमा कृषि सामग्री वितरण गरिएको उनले बताए ।

वडाको सहयोगमा प्रदान गरिएको हातेट्याक्टरले खनजोत गरेको प्रतिघण्टा सातसय रुपैयाँ मात्र लिन पनि प्रतिबद्ध गराएको उनले बताए । टोल विकास संस्थाको सिफारिसको आधारमा मिनीटयक्टर प्रदान गरिएको र इच्छुकहरुसंग आवेदन संकलन गरी चापकटर र प्लास्टिक टनेल वितरण गरिएको वडाअध्यक्ष कँडेलले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार