• शनिबार, साउन २३ २०८३

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


शुक्रबार, फाल्गुन १४ २०७७
625
Shares

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ८ सय ५० का कारोवार भएको थियो ।

यसैगरी चाँदी तोलामा रु २० ले घटेको छ । रु एक हजार ३ सय ५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३ सय ३५ मूल्य निर्धारण भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार