• मंगलबार, साउन १२ २०८३

स्वास्थ्यकर्मीहरुलाई गोरखामा दुई दिने प्रशिक्षण


शुक्रबार, फाल्गुन १४ २०७७
1K
Shares

गोरखा । गोरखा नगरपालिका भित्र कार्यरत स्वास्थ्यकर्मीहरुलाई २ दिने प्रशिक्षण दिइएको छ । गर्भधारण तथा प्रसुती सम्बन्धी अपाङ्गता निम्त्याउन सक्ने विभिन्न स्वास्थ अबस्थाहरुको शिघ्र पहिचान र प्रेषण बारे उनीहरुलाई जानकारी गराइएको हो ।

ह्यान्डीक्याप इन्टरनेशनलको सहयोग, गोरखा नगरपालिकासँगको साझेदारीमा एकिकरण नेपाल गोरखाले ६७ जना स्वास्थ्यकर्मीहरुलाई दुई समूहमा बाँडेर तालिम दिइएको परियोजना अधिकृत रमा सिंखडाले जानकारी दिइन ।

कार्यक्रममा गोरखा अस्पतालकी नर्सिङ इन्चार्ज प्रशन्ना तमाङ र फिजियोथेरापिस्ट डा.सिमा कोइरालाले सहजीकरण गरेका थिए । उनीहरुले पेरिनेल टियर, ओब्स्टेट्रिक फिस्टुला, पुडेन्डल न्युरल्जिया, प्रसवोत्तर रक्तस्राब, महिलाहरुको आङ खस्ने समस्या लगायतका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उक्त तालिमले अपाङ्गता घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

तालिमको समापन गर्दै उपप्रमुख बिनाकुमारी श्रेष्ठले तालिम पछि गाउँबस्तीमा रहेका महिलाहरुलाई आवश्यक स्वास्थ्य चेतना फैलाउन स्वास्थ्यकर्मीहरु सक्षम हुने बताइन् । कार्यक्रमको उदेश्य र आवश्यकता बारे स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले सहभागीहरुलाई प्रष्ट पारेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार