गोरखा । गोरखा र आँबुखैरेनीमा निलभ अटो ट्रेडर्सले सञ्चालन गर्दै आएको भेस्पा र अप्रिलियाको शोरुम उद्घाटन भएको छ ।
बिहिबार एक कार्यक्रमका बिच गोरखाको पेट्रोलपम्प नजिकै रहेको शोरुमको गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र दुगढ ग्रपका उपाध्यक्ष बिजय कुमार महताेले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

युवा पुस्तामा निक्कै लोकप्रिय मानिने भेस्पा र अप्रिलियाको स्कुटरको शोरुम केहि समयअघिदेखि गोरखा र आँबुखैरेनीमा सञ्चालनमा रहेपनि औपचारिक उद्घाटन भने बिहिबार भएको मात्रै भएको सञ्चालक निरोज कट्टेलले बताए ।
दुगढ ग्रुपसंगको सहकार्यमा निलभ अटो ट्रेडर्सले शोरुम सञ्चालनमा ल्याएको बताएको छ ।
शोरुमका प्रोपाइटर रामेश्वर कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा मेयर पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै पन्तले युवाहरु ब्यवसायीक बन्नुपर्नेमा जोड दिए । नेपालका ठूला ब्यवसायीक घरानाको लगानी जिल्ला भित्राउन अभिप्रेरित गर्दै मेयर पन्तले जिल्लामै रोजगारीको अवसर सृजना गर्ने बाटोमा लाग्न युवाहरुलाई आग्रह समेत गरे ।
विदेशिएका युवाहरु स्वदेश फर्केर आफुले सिकेका सिपलाई अब आफ्नै ठाउँ लगाएर सदुपयोग गर्ने समय आएको भन्दै उनले ब्यवसायीक बन्न चाहनेलाई नगरपालिकाले समेत सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।


त्यस्तै दुगढ ग्रुपका उपाध्यक्ष महतोले पृथ्वीनारायण शाहको भुमीमा शाखा विस्तार गर्न पाउनु शौभाग्य रहेको बताए ।
कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण बहादुर खत्री, गोरखा उद्योग बाणिज्य संघका उपाध्यक्ष भगवानबाबु मास्के लगायतले बोलेका थिए । त्यस्तै आँबुखैरेनी शाखाको समेत बिहिबार नै उद्घाटन भएको छ ।
उक्त शाखाको दुगढ ग्रुपका उपाध्यक्ष विजय कुमार महतोले उद्घाटन गरेका हुन । निलभ अटो ट्रेडर्सले गोरखामा रोयल इन्फिल्ड शोरुम समेत सञ्चालन गर्दै आएको छ ।
