• मंगलबार, साउन १२ २०८३

गुल्मीमा कोरोना संक्रमितको संख्या शून्य


बिहिबार, फाल्गुन १३ २०७७
490
Shares

गुल्मी । गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेपछि गुल्मी संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

जिल्लामा हाल होम आइसोलेसनमा बस्नेहरुको संख्या शून्य रहेको छ । गुल्मीमा ९ सय ५२ जना कोरोनामुक्त भएर घर फर्केका छन् । जिल्लामा हालसम्म ५ हजार ९सय ६१ जनाको कोरोना परीक्षण गरिएकोमा ९सय ६५ जनामा संक्रमण पुष्टि भएको थियो । गुल्मीमा हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको आचार्यले जानकारी दिए ।

जिल्लामा हाल कोरोनाविरुद्धकोे खोप लगाउने दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ । पहिलो र दोस्रो चरणको तथ्याङ्क अनुसार हालसम्म ४ हजार १ सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएको आचार्यले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार