• शनिबार, साउन २३ २०८३

गैंडा मारी खाग बिक्री गरेको अभियोगमा तीन जना पक्राउ


बिहिबार, फाल्गुन १३ २०७७
645
Shares

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चितवन राष्ट्रिय निकुञ्जमा गौडा मारी खाग बिक्री गरेको मुद्दामा अनुसन्धान गरी तीन जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले गैँडा मारेर खाग बेच्ने तीन जनालाई काठमाडौँ धापासी र सीतापाइलबाट बुधबार पक्राउ गरेको हो।

धापसीबाट पक्राउ पर्नेमा सल्यानको शारदानगरका ३१ वर्षीय राजेन्द्र क्षेत्री र रसुवाका ३६ वर्षीय ज्वाला भन्ने ज्ञान बहादुर रुम्वा रहेका छन्। त्यस्तै सीतापाइलाबाट काभ्रेको मण्डन देउपुरका आशिष लामा भन्ने आइत तामाङ पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुले गैंडाको खाग ओसारपसार एवं खरिद विक्री गर्न प्रयोग गरेको ना २ च १४५८ नम्बरको क्वालिस गाडीमसेत बरामद गरेको छ।

पक्राउ परेका र उनीहरुबाट बरामद सामानलाई आवश्यक कानुनी कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा, चितवनमा पठाइएको ब्युरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता एवं सूचना अधिकारी गंगा पन्तले बताए ।

यही मुद्दामा संलग्न रहेका अन्य ४ जना अभियुक्तहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी कारबाहीको लागि पहिले नै चितवन पठाइएको ब्युरोले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार