• बिहिबार, असोज १५ २०८३

स्रोत नखुलेको २५ लाख नगदसहित दुई भारतीय पक्राउ


बिहिबार, फाल्गुन १३ २०७७
655
Shares

वीरगञ्ज । स्रोत नखुलेको २५ लाख रुपैयाँसहित बाराबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया—७ का ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार रहेका छन्।

फागुन १२ गते बिहान साढे ११ बजे कलैया—मटिअर्वा सडकखण्ड अन्र्तगत कलैया उपमहानगरपालिका—८ बरेवा टोलमा चेकजाँचको क्रममा उनीहरुको साथबाट २५ लाख ३५ हजार रुपैयाँसहित फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

बीआर०५के ०७९८ नम्बरको मोटरसाइकलको डिक्किमा लुकाएर ल्याउँदै गरेको अवस्थामा रकम फेला परेको उनले बताए ।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई राजश्व कार्यालयमा बुझाउने तयारी भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार