• शनिबार, साउन २३ २०८३

बार्सिलोनाको जीतसँगै मेस्सी बने सर्वाधिक गोलकर्ता


बिहिबार, फाल्गुन १३ २०७७
530
Shares

काठमाडौं । कप्तान लियोनेल मेस्सीले हानेका दुई गोलको मद्दतमा बार्सिलोनाले एल्चेलाई पराजित गरेको छ। स्पेनिस ला लिगाअन्तर्गत बुधबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले एल्चेलाई ३–० ले हराएको हो।

यो दुई गोलसँगै मेस्सीले लिगमा आफ्ना गोलको संख्या १८ पुर्‍याएका छन्। योसँगै उनी सर्वाधिक गोलकर्ता बनेका छन्। दोस्रो सर्वाधिक गोलकर्ता भने १६ गोल गरेका एट्लेटिको म्याड्रिडका लुइस सुआरेज भएका छन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल त्यसपछि गरिएका हुन्। खेलको ४८औं मिनेटमा मार्टिन ब्रेथवेटको पासमा कप्तान मेस्सीले गोल गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। ६८औं मिनेटमा उनले दोस्रो गोल गरे। त्यसको ५ मिनेटमा जोर्डी अल्बाले गोल गर्दै जित सुनिश्चित पारे।

जितसँगै बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। बार्साले २४ खेलमा ५० अंक जोडेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार