• शनिबार, साउन २३ २०८३

सुनको भाउ घट्यो, तोलामा कति ?


बिहिबार, फाल्गुन १३ २०७७
605
Shares

काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेर बिहीबारका लागि प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार पनि सुन तोलामा ३ सय रुपैयाँ घटेको थियो । महासंघले तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार