• शनिबार, साउन २३ २०८३

फेवाताल किनारमा एक युवक मृत अवस्थामा भेटिए


बिहिबार, फाल्गुन १३ २०७७
490
Shares

पोखरा । पोखरामा एक युवक मृत फेला परेका छन् । लेकसाइड फेवातालको किनारमा रहेको बसुन्धरा पार्कमा बिहीवार विहान युवक मृत अवस्थामा भेटिएका हुन् ।

युवक अन्दाजी २२–२५ वर्षको जस्तो देखिने मंगोलियन हुलियाको रहेको प्रहरीले जनाएको छ । निलो ज्याकेट लगाएका करिब साढे ५ फिट उचाईका युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए । मृतकको पहिचान भइनसकेको हमालले बताए ।

घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको र मृतकको पहिचान गर्ने कार्य भइरहेको प्रवक्ता हमालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार