काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू—भागमा आंशिक बदली रहि अन्य भू—भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिक देखि सामान्य बदली रही बाँकी भू—भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू—भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।