• मंगलबार, साउन १२ २०८३

शहिद लखनमा भएको शिविरमा ८७ जनाले स्वास्थ्य जाँच गरिए


बिहिबार, फाल्गुन १३ २०७७
625
Shares

गोरखा । शहिद लखन गाउँपालिकामा महिलाहरुको पाठेघर परीक्षण शिविर जारी छ । शिविरको तेश्रो दिन बुधबार मनकामनाका ८७ जना महिलाको स्वास्थ्य जाँच गरिएको छ ।

ती मध्ये २२ जनाको पाठघरमा संक्रमण देखिएको शहिद लखन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले जानकरी दिए । आङ बाहिर खस्ने समस्या भएका ४ जना मध्ये पहिलो डिग्रीका १ जना र दोश्रो डिग्री २ र तेश्रो डिग्रीका १ जना रहेका छन् । २ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुन सक्ने संभावना देखएको छ । उक्त समस्या निराकरण गर्नको लागि थर्मोकोबुलेसन विधिद्धारा उपचार गरिएको छ । यो प्रविधीले १० वर्षपछि सम्म हुने क्यान्सरलाई निराकरण गर्ने स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

शिविरको दोश्रो दिन मंगलबार वडा नम्बर ६ घैरुङका १२३ जना महिलाको स्वास्थ्य जाँच गरिएका थिए । ती मध्ये ४५ जनाको पाठघरमा संक्रमण देखिएको थियो ।

प्राप्त तथ्याङ्कको विश्लेषण गरी आगामी वर्ष अन्य वडामा शिविर गर्ने उक्त गाउँपालिको तयारी छ । सोमबारबाट सुरु भएको महिलाको पाठेघर र पाठेघरको मुखको क्यान्सर सम्वन्धी स्वास्थ्य जाँचमा पहिलो दिन बुंकोटका १२८ जना जाँच गराएका थिए ।

रोटरी र रोट्याक्ट क्लब अफ गोरखाको आयोजनामा र नेपाल अष्टेलिन सर्भाकल क्यान्सर फाउण्डेस बनेपा एनएसिसी प्राविधिक सहयोगमा र गाउँपालिाको समन्वयमा शिविर भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार