गोरखा । सुस्त गतिमा मोटरसाइकल चलाउने प्रतियोगितामा आशिष कुमार भट्ट पहिलो भएका छन् ।

सुस्त गतिमा सवारी चलाउन सचेतना जगाउने उदेश्यले लियो क्लब अफ गोरखाले बसपार्कमा आयोजना गरेको उक्त प्रतियोगितामा राजु खान दोस्रो र विकल बस्नेत तेस्रो भएका छन् ।


५६ जना सहभागीलाई रहेको प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो हुनेहरुले क्रमश ट्रफि, हेल्मेट, मेडल, छाती र घुँडा सेफ्टि गार्ड पाएका छन् । जिल्ला ट्राफिक कार्यलय गोरखाको समन्वयमा उक्त प्रतियोगिता भएको हो ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यलय गोरखाका प्रमुख मित्रलाल ढकाल, क्लबकी अध्यक्ष गंगा श्रेष्ठ, क्लवका सल्लाहाकार श्याम बाबु जोशी, लगायतको उपस्थिती रहेको थियो ।