गोरखा । धार्चे गाउँपालिकामा ल्याब सेवा सुरु भएको छ । गाउँपालिकाको केन्द्र माछिखोलामा रगत, पिसाब, खकार लगायतको जाँच गर्ने सेवा सुरु भएको हो ।

सो संगै अब माछाीखोला लगायत आसपासका स्थानीयका लागि प्राथमिक स्वास्थ्य केन्द्र आरुघाट धाउनुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

बुधवार उद्घाटन भएको ल्याबमा रगत, पिसाब, दिशा, खकार जाँच हुनेछ । सर्वसाधारणलाई न्यूनतम शुल्क लिएर ल्याब सेवा प्रवाह गरिने ल्याब असिस्टेन्ट तेजबहादुर घलेले बताए ।


माछिखोला स्वास्थ्य चौकीमा ठाउँ अभाव भएकाले गाउँपालिका नजिकै कोठा भाडामा लिएर ल्याब सुरु गरिएको छ । गाउँपालिकाले भिडियो एक्सरे मेसिन पनि खरिद गर्ने प्रक्रियामा रहेकाले एक्सरे सेवा पनि संचालन गरिने अध्यक्ष गुरुङले बताए ।