काठमाडौं । लैनचौरमा एउटा टेम्पोमा एक्कासि आगलागी भएको छ।
बुधबार दिउँसो काठमाडौंको रत्नपार्कबाट हात्तीगौडा जाँदै गरेको टेम्पोमा आगलागी भएको दरबारमार्गका ट्राफिक प्रहरी प्रहरी नायब निरीक्षक (सई) जागेश्वर शर्माले बताए।
करिब साढे १ बजे बा १ ह ४७९८ नम्बरको टेम्पो लैनचौरमा रोकिएको थियो। सोहीक्रममा एक्कासि आगलागी भएको शर्माले बताए।
कञ्चनपुर घर भई हात्तीगौडा बस्ने २६ वर्षीय प्रनान्द बोहरा उक्त टेम्पोका चालक हुन्।
आगलागी भएको केहीबेरमा त्यही आएको ट्यांकरको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। टेम्पो भित्र केही यात्रुहरू भए पनि समयमै भाग्न सफल भएको शर्माले जानकारी दिए ।
ग्यास टेम्पोमा कसरी आगलागी भएको भन्ने अनुसन्धान भइरहेको उनले बताए।