http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ९० हजार १०० रुपैँयामा कारोवार भएको छापावाला सुन सोमबार तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन तोलामा रु ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
यस्तै चाँदी आज तोलामा रु १५ ले घटेको छ । एक हजार ३ सय ६० रुपैँयामा मङ्गलबार कारोवार भएको चाँदी आजका लागी भने एक हजार ३ सय ४५ रुपैँया कायम भएको छ ।