गोरखा । बारपाक सुुलिकोट गाउँपालिकाले फागुन १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

दश बर्षे माओवादी शसस्त्र द्धन्द्धका प्रथम सहिद दिल बहादुर रम्तेलको स्मृती दिवसको अवसरमा बिदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखी सुरु गरेको शसस्त्र द्धन्द्धका क्रममा १४ गते रम्तेलको मृत्यु भएको थियो । सोही दिनको स्मरण र रम्तेलको सम्मानमा बिदा दिइएको गाउँपालिका अध्यक्ष बिष्णु भट्टले बताए । शिक्षकलार्ई प्रहरीले गरेको गिरफ्तारी बिरुद्ध बिद्यार्थीले गरेको प्रदर्शनको क्रममा घाइते भएका रम्तेलको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

गाँउपालिकाको माघ २० र २१ गते भएको आठौँ गाँउसभाले दिल बहादुर रम्तेलको स्मृती दिवसको अवसरमा अब हरेक वर्ष फागुन १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।