• मंगलबार, साउन १२ २०८३

बु‌ंकाेट र घैरुङका २ सय ५१ जना महिलाको पाठेघर परीक्षण


बुधबार, फाल्गुन १२ २०७७
700
Shares

गोरखा । शहिद लखन गाउँपालिकामा महिलाहरुको पाठेघर परीक्षण शिविर जारी छ । रोटरी क्लब अफ गोरखा र रोट्र¥याक्ट क्लब अफ गोरखाको आयोजनामा भएको शिविरको दोश्रो दिन मंगलबार वडा नम्बर ६ घैरुङका १२३ जना महिलाको स्वास्थ्य जाँच गरिएको छ ।

ती मध्ये ४५ जनाको पाठघरमा संक्रमण देखिएको शहिद लखन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले जानकरी दिए । ४ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुन सक्ने संभावना देखएको छ ।

उक्त समस्या निराकरण गर्नको लागि थर्मोकोबुलेसन विधिद्धारा उपचार गरिएको छ । यो प्रविधीले १० वर्षपछि सम्म हुने क्यान्सरलाई निराकरण गर्ने स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । आङ बाहिर खस्ने समस्या भएका ७ जना मध्ये पहिलो डिग्रीका ४ जना र दोश्रो डिग्री ३ जना रहेका छन् ।

१४ गते सम्म चल्ने शिविर अन्र्तगत आज ताक्लुङ स्वास्थ्य चौकीमा महिलाहरुको जाँच हुनेछ । १३ गते मनकामना आधारभूत केन्द्रमा, १४ गते मास्किछापको आसिसी भिलेजमा शिविर गरिने बताइएको छ ।

‘अहिले हामीले ५ ठाउँमा मात्र शिविर गर्छौ,’ उनले भने ,‘सामान्य समस्या भए त्यहीँ उपचार र औषधी पनि निशुल्क दिइएको छ । क्यान्सर हुन सक्नेहरुलाई क्यान्सर अस्पताल पठाइनेछ ।’ प्राप्त तथ्याङ्कको विश्लेषण गरी आगामी वर्ष अन्य वडामा शिविर गर्ने उक्त गाउँपालिको तयारी छ ।

सोमबारबाट सुरु भएको महिलाको पाठेघर र पाठेघरको मुखको क्यान्सर सम्वन्धी स्वास्थ्य जाँचमा पहिलो दिन बुंकोटका १२८ जना जाँच गराएका थिए । शिविर नेपाल अष्टेलिन सर्भाकल क्यान्सर फाउण्डेस बनेपा एनएसिसी प्राविधिक सहयोगमा र गाउँपालिाको समन्वयमा शिविर भएको रोटरी क्लब अफ गोरखाका अध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार