• शनिबार, साउन २३ २०८३

ठूलो परिमाणमा लागूऔषधसहित एक जना पक्राउ


मंगलबार, फाल्गुन ११ २०७७
570
Shares

काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटले नागढुंगा चेकप्वाइन्टबाट ठूलो परिमाणमा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले रौतहट बौधीमाई नगरपालिका ३ का १९ वर्षीय विवेक महतोलाई पक्राउ गरेको हो।

उनलाई रौतहटबाट काठमाडौं आउँदै गरेको ना६ख ७१९४ नम्बरको यात्रुवाहक बसबाट प्रहरीले पक्राउ गरेको हो।

महतोको साथबाट नाइट्राभेट १० लेखिएको ३ हजार ट्याब्लेट, डाइजेपाम ३ सय एम्पल, फेनरागन ३ सय एम्पल र नुफिन ३ सय एम्पल गरी ३ हजार ट्याब्लेट र ९ सय एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरिएको छ।

उनीविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार